मोरङका ई-रिक्सा चालकलाई सुरक्षित चालक अंकित ज्याकेट वितरण

माघ २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
मोरङका ई-रिक्सा चालकलाई सुरक्षित चालक अंकित ज्याकेट वितरण

विराटनगर । मोरङका ई-रिक्सा चालकलाई सुरक्षित चालक अंकित ज्याकेट वितरण गरिएको छ ।

सडकमा देखिँदै आएको सिटी सफारीको असुरक्षित र अव्यवस्थित सञ्चालनलाई व्यवस्थित, कानुनी र यात्रुमैत्री बनाउने अभियानअन्तर्गत सोमबार सुरक्षित चालकको पोसाक वितरण गरिएको हो । 

सुरक्षित चालक अंकित ज्याकेट वितरण अभियानसँगै अब विराटनगरमा चल्ने सिटी सफारी चालक ट्राफिक प्रहरीद्वारा प्रशिक्षित, प्रमाणित र पहिचान योग्य हुनेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.