
धनकुटा । धनकुटामा भीम नारायण चोकमा रहेको शहीद भीमनारायण श्रेष्ठको शालिकमा माल्यार्पण गरि शहीद दिवस मनाइएको छ । पञ्चायती ब्यवस्थाको बिरोध र राजा बिरेन्द्र उपस्थित कार्यक्रममा २०३० चैत ३ गते बिराटनगर अस्पताल रोडमा बम प्रहार गरेको आरोपमा भीमनारायणलाई २०३५ साल माघ २६ मा कोशिटप्पुमा लगेर गोली हानी हत्या गरिएको थियो ।
धनकुटा बजारस्थित उहाँको शालिकमा जनप्रतिनिधि, राजनीतिक दलका नेता, सामाजिक संघ–संस्थाका प्रतिनिधि तथा सर्वसाधारणले फूलमाला अर्पण गर्दै शहीदप्रति सम्मान व्यक्त गरेका हुन् । शहीद भीमनारायण श्रेष्ठ धनकुटा क्षेत्रका प्रखर प्रजातन्त्रवादी व्यक्तित्वका रूपमा चिनिनुहुन्थ्यो ।
नेपालमा प्रजातन्त्र, स्वतन्त्रता र नागरिक अधिकारका लागि आफ्नो ज्यान अर्पण गर्ने शहीदहरूको सम्झनामा आज शहीद दिवस मनाइएको छ ।