राष्ट्रिय सभा निर्वाचन : कर्णालीबाट एमाले मीनासिंह रखाल र कांग्रेसका ललितजंग शाही विजयी

माघ ११, २०८२ |देव राना
राष्ट्रिय सभा निर्वाचन : कर्णालीबाट एमाले मीनासिंह रखाल र कांग्रेसका ललितजंग शाही विजयी

सुर्खेत । राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशबाट नेकपा (एमाले)की मीनासिंह रखाल र नेपाली कांग्रेसका ललितजंग शाही विजयी भएका छन् । 

रखालले खसेको कुल मतमध्ये प्रदेश सभातर्फ २६ र स्थानीय तहतर्फ ९३ मत प्राप्त गर्नुभयाे । त्यस्तै शाहीले प्रदेश सभातर्फ २६ र स्थानीय तहतर्फ एक सयमत प्राप्त गर्नुभयाे । कर्णालीमा नेपाली कांग्रेस र नेकपा (एमाले)का संयुक्त गठबन्धन थियो । रखाल महिला र शाही अन्य कलष्टरबाट निर्वाचित हुनुभएकाे हाे ।

पराजित नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का अञ्जु महतराले प्रदेश सभातर्फ १३ र स्थानीय तहतर्फ ५५ मत प्राप्त गर्दा नेकपाकै अर्का उम्मेदवार बुद्धिप्रसाद शर्माले प्रदेश सभातर्फ १३ र स्थानीय तहतर्फ ५० मत प्राप्त गर्नुभयाे । आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानमा प्रदेश सभातर्फ ४० मध्ये ३९ र स्थानीय तहतर्फ १५८ मध्ये १५२ मत खसेको थियो । 

खसेको मतमध्ये स्थानीय तहतर्फको ६ मत भने बदर भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लालबहादुर गुरुङ्गले जानकारी दिनुभयाे ।


Image

देव राना

राना कान्तिपुर टेलिभिजन सुर्खेतका क्यामेरा पर्सन हुन् ।