
दाङ । आइतबार हुने राष्ट्रिय सभा निर्वाचनको लुम्बिनी प्रदेशमा सबै तयारी पूरा भएको छ ।
लुम्बिनी प्रदेशबाट महिला एक, अपांग एक र अन्य एक गरी तीन पदमा हुने राष्ट्रिय सभा निर्वाचनको सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत प्रकाश प्रसाद पण्डितले जानकारी दिनु भएको छ ।
कांग्रेस-एमाले गठवन्धनबाट तीन जना, नेपाली कम्युनिष्ट पार्टीबाट तीन जना र राष्ट्रिय जनमाेर्चाबाट दुई जना गरी आठ जना उम्मेदवार रहेका छन् । लुम्बिनी प्रदेशका १०९ पालिकाका २१८ र लुम्बिनी प्रदेशका ८७ प्रदेश सभा सदस्य गरी ३०५ जम्मा मतदाता रहेकोमा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार बन्न चार प्रदेश सभा सदस्य र एक पालिका प्रमुखले राजीनामा दिएकाे र एक पालिका प्रमुख रिक्त रहेपछि हाल २९९ मतदाता कायम भएको मुख्य निर्वाचन अधिकृत प्रकाश प्रसाद पण्डितले जानकारी दिनु भएको छ ।
आइतबार बिहान ७ बजेदेखि ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ भने मतदान सम्पन्न भएको २ घन्टाभित्र मतदान स्थलमा नै मतगणना गरी नतिजा घाेषाणा गर्ने तयारी रहेको पनि मुख्य निर्वाचन अधिकृत पण्डितले बताउनु भयो ।