.png&w=1000&height=550)
धनकुटा । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटामा निर्वाचन सुरक्षा प्रहरीको कोटाभन्दा कम दरखास्त परेपछि पुनः दुई दिन म्याद थप गरिएको छ ।
सङ्ख्या अपुग भएपछि शनिबार र आइतबार फेरि आवेदन लिने तयारी गरिएको धनकुटाका प्रहरी उपरीक्षक सरतकुमार थापा क्षेत्रीले बताउनुभयो । निर्वाचन सुरक्षा प्रहरीका लागि जिल्ला प्रहरी कार्यालय धनकुटा, सशस्त्र प्रहरी बलको छिन्ताङ गुल्म छारागाउँ, इलाका प्रहरी कार्यालयहरू राजारानी र छिन्ताङबाट आवेदन लिइने छ ।
धनकुटामा नेपाल प्रहरीतर्फ ९ सय ८९ र सशस्त्र प्रहरीमा ९६ जना गरि जम्मा १ हजार ८५ जनाको कोटा छ । धनकुटामा १ लाख १८ हजार ४ सय २५ मतदाता छन् । जसका लागि १ सय १९ मतदानस्थलमा १ सय ६६ मतदान केन्द्र तोकिएको छ । जसमध्ये १६ मतदान स्थल अति संवेदनशीलको सूचीमा छन् ।