राजनीतिक दलहरूको ‍चुनावी गतिविधि तीव्र, अधिकांश तयारी पूरा भएको आयोगको भनाइ

मतदाता शिक्षा कार्यक्रम भोलिदेखि
फाल्गुन २, २०८२ |कान्तिपुर टीभी संवाददाता
राजनीतिक दलहरूको ‍चुनावी गतिविधि तीव्र, अधिकांश तयारी पूरा भएको आयोगको भनाइ

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि १९ दिन बाँकी रहेको छ । 

चुनावी प्रतिस्पर्धामा रहेका दलहरूले चुनावी गतिविधि तिव्र पारेका छन् भने मतदानका लागि सबै तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतपत्र छपाइदेखि अत्यावश्यक सामग्री जोहो गर्ने काम पूरा भैसकेको जानकारी दिनुभयो । 

मतपत्र छपाइ सम्पन्न भई ढुवानी सुरू भएको र निर्वाचन सामग्रीहरू तोकिएको समयभन्दा अगावै मतदान केन्द्रमा पुग्ने उहाँको दाबी छ । उहाँले फाल्गुन २१ गतेको निर्वाचनलाई राष्ट्रिय दायित्वका रूपमा लिँदै तयारीका सबै पेचिला चुनौतीहरू पार गरेको बताउनुभयो ।

यसपटकको निर्वाचनमा ९ लाख ५० हजार नयाँ मतदाता थपिएका छन् । कुल मतदाताको संख्या एक करोड ९० लाखभन्दा बढी छ । प्रतिनिधि सभा सदस्यका लागि १ सय ६५ वटै निर्वाचन क्षेत्रमा फागुन २१ गते चुनाव हुँदैछ । यसैबीच, मतदाता शिक्षा कार्यक्रम आइतबारदेखि सुरू हुँदैछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.