भक्तपुर-२ का दुई जना उम्मेदवारविरूद्ध उजुरी

माघ ७, २०८२ |सुन्दर शिल्पकार
भक्तपुर-२ का दुई जना उम्मेदवारविरूद्ध उजुरी

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर २ का दुई जना उम्मेदवारविरूद्ध उजुरी परेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीका उम्मेदवार जानुका पाठकविरूद्ध उजुरी परेको निर्वाचन अधिकृत राधिका सुवालले बताउनुभएकाे हाे । खत्रीविरूद्ध नेपाल स्काउटको ९५ हजार रूपैयाँ बेरूजु रकम बाँकी रहेको र पाठकविरूद्ध नागरिकता प्रतिलिपिमा फरक विवरण रहेको भन्दै नविन कुमार महतले उजुरी हालेको निर्वाचन अधिकृत सुवालले जानकारी दिनुभयाे । 

दुई जनाविरूद्ध परेको उजुरीको बिहिबार छानबिन हुने उहाँले बताउनुभयाे । दुई पक्षलाई बोलाएर यो विषयमा सोधपुछ गर्ने र उजुरी परेका उम्मेदवारहरू पनि प्रमाणसहित उपस्थिति हुन आग्रह गरिएको निर्वाचन अधिकृत सुवालले जानकारी दिनुभयो । बिहिबार पाँच बजेभित्र उजुरीको निष्कर्ष निकालिने बताइएकाे छ ।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।