रूपन्देही २ बाट विष्णु पौडेलको उमेदवारी दर्ता

माघ ६, २०८२ |अमृता अनमोल
रूपन्देही २ बाट विष्णु पौडेलको उमेदवारी दर्ता

बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले रूपन्देही क्षेत्र नम्बर २ बाट उमेदवारी दर्ता गराउनुभएको छ ।

बाजागाजासहित पौडेल उमेदवारी दर्ताका लागि पुग्नुभएको हो । उमेदवारी दर्तापछि बोल्दै उपाध्यक्ष पौडेलले अब रूपन्देहीको विकास थप उचाइमा पुयाएउने र अलपत्र आयोजना सक्ने बताउनुभयो । संविधान र लोकतन्त्रको रक्षाका लागि पनि आफ्नो उमेदवारी रहेको बताउँनुहुँदै पौडेलले अबको जित लोकतन्त्र पक्षधरको हुनुपर्ने बताउनुभयो । 

पौडेलले यसअघि रूपन्देहीबाट ४ पटक चुनाव जितिसक्नुभएको छ । उहा पटक-पटक अर्थमन्त्री र उपप्रधानमन्त्री बन्नुभएको छ ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।