पहिलोपटक रविसँग जनकपुरमा चुनावी सभा गर्दै बालेन्द्र शाह

माघ ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
पहिलोपटक रविसँग जनकपुरमा चुनावी सभा गर्दै बालेन्द्र शाह

धनुषा । राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाले सोमबार जनकपुरधाममा आयोजना गर्न लागेको आमसभालाई पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्दै हुनुहुन्छ । 

त्यसका लागि उहाँ आइतबार साँझ जनकपुरधाम पुगिसक्नुभएको छ । केही साता अघि रास्वपा प्रवेश गरेका शाहले आइतबार काठमाडौँ महानगरको नगरप्रमुखबाट राजीनामा दिएर आजै जनकपुर पुग्नुभएको हो । 

उहाँले जनकपुरधामस्थित तिरहुतिया गाछीमा आयोजना हुने उदघोष सभामार्फत पहिलो पटक राजनीतिक सभालाई सम्बोधन गर्दै हुनुहुन्छ । उहाँ आजै बेलुका जानकी मन्दिरमा पुगेर दर्शन गर्नुभएको छ । यसका साथै सोमबार बिहानै सिरहाको लहानस्थित मधेस आन्दोलनका प्रथम शहीद रमेश महतोको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । 

उहाँकाअनुसार उदघोष सभामा पार्टी सभापति रवि लामिछानेले पनि सम्बोधन गर्नुहुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.