निर्वाचन प्रहरी भर्ना : लुम्बिनी प्रदेशका केही जिल्लामा मागभन्दा न्यून आवेदन

माघ २, २०८२ |रुद्रमणि भुसाल
निर्वाचन प्रहरी भर्ना : लुम्बिनी प्रदेशका केही जिल्लामा मागभन्दा न्यून आवेदन

प्यूठान । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि अहिले देशैभर निर्वाचन प्रहरी भर्ना अभियान सञ्चालन भइरहेको छ । 

तर लुम्बिनी प्रदेशका केही जिल्लामा मागअनुसार आवेदन परेको छैन । यही कुरालाई मध्यनजर गर्दै देशैभर निर्वाचन प्रहरीमा आवेदन दिन दुई दिन समय थप गरिएको छ । फागुन २१ गते हुने निर्वाचनका लागि देशैभर निर्वाचन प्रहरी भर्ना अभियान चलिरहेको छ । 

माघ १ गतेसम्म निर्वाचन प्रहरी भर्नाको समय तोकिए पनि अपेक्षाकृतरूपमा आवेदन नपरेपछि दुई दिन सयम थप गरिएको हाे । १५३५ जना निर्वाचन प्रहरी भर्ना गर्नुपर्ने प्यूठानमा हालसम्म १६३६ जनाले आवेदन दिएका छन् । अपडेट गर्नुहोला तर छनोट प्रक्रियामा जाँदा उक्त संख्याले अपुग हुने भएपछि थपिएको दुई दिनमा आउने आवेदन पर्खिएको अवस्था छ ।

लुम्बिनी प्रदेश भर २४ हजार ४ सय ५ जना निर्वाचन प्रहरीका लागि आवेदन खुला गरिएको थियो । प्रदेशका १२ मध्ये ५ जिल्लामा मागअनुसार ओदन परेको छैन । प्रदेश प्रहरी कार्यालयका अनुसार प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा र रोल्पामा आवश्यक संख्याभन्दा कम आवेदन परेको हो । पाल्पामा माग गरिएको संख्याभन्दा ६०७ आवेदन कम छ । अपेक्षाकृतरूपमा किन परेन त अवेदन ?

निर्वाचन अवधिभर निर्वाचन प्रहरीमा काम गरेवापत पाइने सेवा सुविधामा कमी, वैदेशिक रोजगारीप्रतिको आकर्षण, गाउँमा युवा उमेरको जनशक्ति नहुनु, जेन-जी आन्दोलनको असर र असुरक्षाजस्ता कारणले निर्वाचन प्रहरीमा भर्ना हुन आउनेको संख्यामा कमी आएको आकलन गरिएको छ ।

थपिएको दुई दिनमा पर्ने आवेदनबाट प्रहरीले निर्वाचन प्रयोजनका लागि उपयुक्त आवेदकहरू पाउने अपेक्षा गरिएको छ ।


Image

रुद्रमणि भुसाल

भुसाल कान्तिपुर टेलिभिजनका अर्घाखाँची संवाददाता हुन् ।