नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक बस्दै

पुस २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस भित्र तिव्र ध्रुविकरण बढिरहेका बेला केन्द्रीय कार्यसमितिको बैठक आह्वान भएको छ । आज बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र ७ वटै प्रदेशका सभापतिहरूलाई सहभागी हुन निर्देशन दिइएको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधि सहभागी भएपछि कांग्रेस पेचिलो मोडमा पुगेको छ । सोमबार विशेष महाधिवेशनको बन्दशत्र चलिरहँदा संस्थापन पक्षले विभिन्न प्रकारका भेट संवाद गरेका थिए ।

जारी विशेष महाधिवेशसँगै उत्पन्न संकट समाधानको प्रयासस्वरूप विशेष महाधिवेशन पक्षधरको तर्फबाट सभापति शेरबहादुर देउवा समूहसँग औपचारिक वार्ता गर्न चार सदस्यीय समिति गठन गरिएको छ । समितिमा प्रदीप पौडेल, मधु आचार्य, देवराज चालिसे र गुरुराज घिमिरे रहेको बताईएको छ ।

त्यसैगरी, देउवा समूहको तर्फबाट स्वयम् सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का वार्तामा सहभागी हुने तय भएको छ । दुवै पक्षबीच छिट्टै वार्ता गरेर सहमतिको बिन्दु खोज्ने र पार्टीलाई एकताबद्ध रूपमा अगाडि बढाउने प्रयास गरिने जनाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.