
चितवन । चितवन प्रहरीले त्रिशूली नदी किनारमा सवारीसाधनका पार्टपूर्जा फेला परेको जनाएको छ ।
तनहुँको आबुखैरेनी गाउँपालिका-५ दोन्द्राङ बेसीस्थित त्रिशूली नदी किनार छेउमा बालुवामा पुरिएको अवस्थामा सवारीसाधनको पाटपुर्जा देखिएको खबर पाएपछि उक्त स्थानमा इलाका प्रहरी कार्यालय मुग्लिङ, चितवनबाट खटीको प्रहरी टोलीले पाटपुर्जा फेला पारेको हो ।
उक्त ठाउँ साढे एक वर्षअघि सिमलतालमा दुई वटा बस खसेको स्थानदेखि अन्दाजी ३ सय मिटर पारी भएकोले ती पार्टपुर्जा सिमलतामा खसेकै बसका हुन सक्ने आशंका गरिएको छ । २०८१ साल असार २८ गते चितनवको सिमलतालमा दुईवटा यात्रुवाहक बस लेदो पिहिरोमा परी त्रिशूलीमा खस्दा ११ जनाको मृत्यु भएको थियो भने ५१ जना बेपत्ता भएका थिए । तीन जना भने ज्यान जोगाउन सफल भएका थिए।