
काठमाडौं । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि करूणा कटुवालले विशेष महाधिवेशनबाट नयाँ उर्जा, सोच र विचारका साथ गाउँ फर्किने बताउनुभएको छ ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनमा बोल्दै उहाँले विषेश महाधिवेशनले कांग्रेसको दिशा निर्देश गर्ने नयाँ रोडम्याप तयार गर्ने बताउनु भयो । उहाँले नेताको भाषण सुन्न मात्रै विशेष महाधिवेशनमा सहभागी नभएको उल्लेख गर्नुभयो । विशेष महाधिवेशन कांग्रेसको निकासको लागि मात्रै नभइ देशकै निकास निकाल्नको लागि आवश्यक भएको बताउनु भयो ।
कांग्रेसको विधान जोगाउनको लागि विशेष महाधिवेशनमा आफूहरू सहभागी भएको उहाँले उल्लेख गर्नुभयो ।