
झापा । नेवारी परिकारहरूको प्रवर्द्धन गर्न शनिबार झापाको विर्तामोडमा नवौं संस्करणको नेवा खाना महोत्सव आयोजना गरिएको छ ।
नेवाः पासा मुना पुच विर्तामोडले आयोजना गरेको महोत्सवमा नेवारी समुदायका मौलिक परिकार चाख्न मानिसहरुको निकै भीड लागेको थियो ।
झापाको विर्तामोड, दमक, भद्रपुरजस्ता बजारमा नेवार समुदायको बसोबास रहे पनि नेवारी भाषा, संस्कृति र मौलिक परिकार बिर्सिँदै गएको भन्दै संरक्षणका लागि महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।