अर्घाखाँचीबाट थुनामा रहेका रायमाझीसहित पाँच जना सिफारिस

पुस २२, २०८२ |रुद्रमणि भुसाल
अर्घाखाँचीबाट थुनामा रहेका रायमाझीसहित पाँच जना सिफारिस

अर्घाखाँची । नेकपा (एमाले) अर्घाखाँचीको मंगलबार बसेको जिल्ला कार्य समितिको बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका नेता टोपहादुर रायमाझीलाई आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि अर्घाखाँचीबाट उम्मेदवार सिफारिस गरेको छ ।

रायमाझीसहित जिल्ला अध्यक्ष पिताम्बर भुसाल, केन्द्रीय सदस्य बोमबहादुर विश्वकर्मा, नेता भोजबहादुर शाह र पूर्व सांसद बिजुला रायमाझीसहित पाँच जनाको नाम सिफारिस गर्ने निर्णय गरेको कार्यालय सचिव लिलबहादुर विकले जानकारी दिनु भयो ।

एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला कमिटीको बैठकले उक्त निर्णय गरेको हाे । बैठकले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण र चुनावी तयारीलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा समेत छलफल गरेको जनाइएको छ ।


Image

रुद्रमणि भुसाल

भुसाल कान्तिपुर टेलिभिजनका अर्घाखाँची संवाददाता हुन् ।