
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले इन्जिनियरहरूको दरबन्दी थप गर्न अर्थ मन्त्रालयले नदिएको गुनासो गर्नुभएको छ ।
मंगलबार ललितपुरमा इन्जिनियरहरूसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा सार्वजनिक गर्नुभएको हो । मन्त्री घिसिङले नेपाल विद्युत प्राधिकरणमा मात्रै २/३ सय इन्जिनियर आवश्यक भए पनि त्यसका लागि दरबन्दी थप्न गरिएको प्रस्तावमा पनि अर्थ मन्त्रालयले सहमति नदिएको बताउनु भयो । उहाँले मुलुकमा इन्जिनियरहरूको धेरै डिमान्ड रहेको समेत स्पष्ट पार्नुभयो ।
मन्त्री घिसिङले सरकारले इन्जिनियरहरूको आवश्यकता पूरा गर्ने कामलाई गम्भिरतापूर्वक लिनुपर्ने पनि बताउनु भयो ।