जाँचबुझ आयाेगलाई बालेन्द्र शाहकाे लिखित बयान

पुस २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
जाँचबुझ आयाेगलाई बालेन्द्र शाहकाे लिखित बयान

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले भदौ २३ र २४ गतेका घटनाबारे जाँचबुझ गर्न गठित समितिलाई लिखित बयान बुझाउनुभएको छ ।

आयोगका सदस्य विज्ञानराज शर्माले शाहलाई पठाएका प्रश्नहरूको जवाफ लिखित रूपमा आएको जानकारी दिनुभयो । शाहले पुस ७ गते राष्ट्रिय मानव अधिकार आयोग पुगेर भदौ २३ र २४ गतेको घटनाबारे बयान दिनुभएको थियो । जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाललाई पनि बयानका लागि पत्र पठाएको छ । 

 दुबै जनाको जवाफ भने अहिलेसम्म नआएको आयोगले जनाएको छ । आयोगले अहिलेसम्म एक सय जनाभन्दा धेरैसँग बयान लिइसकेको छ । अब प्रतिवेदन तयार गर्ने काम हुनेछ । आयोगको म्याद माघ ९ गतेसम्म छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.