
काठमाडौं । काठमाडौंको सिनामंगल क्षेत्रमा आगलागी हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडान प्रभावित भएको छ ।
मंगलबार अपराह्न काठमाडौंको गैरीगाउँस्थित फर्निचर काठ गोदाममा आगलागी भएको हो । आगलागीबाट निस्किएको धुवाँको असर विमानस्थलसम्म फैलिएपछि तत्काल आन्तरिक र बाह्यतर्फका सबै उडान र अवतरण स्थगित गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
आगलागीको सूचना प्राप्त हुनासाथ प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी परिसरले जनाएको छ । अहिले दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । आगलागीबाट भएको क्षतिको विवरण प्राप्त हुन बाँकी छ ।