
बर्दिया । उद्योग वाणिज्य संघ, गुलरियाका अध्यक्ष देवेन्द्रप्रसाद पाण्डेले न्यून आय भएका सय जना विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नुभएको छ ।
पाण्डेले चिसोका कारण विद्यालय आउन नसकेका बगलामुखी राधाकृष्ण मावि गुलरियाका बालबालिकालाई न्यानो कपडा वितरण गरेपछि बालबालिका खुसी भएका छन्। आफ्नो जन्मदिनको अवसर पारेर उहाँले शुक्रबार १ लाख मूल्यको एक सय जोर न्यानो कपडा वितरण गर्नुभएको हो ।