
काठमाडौं । चीनको विद्युतीय सवारी बीवाईडी विश्वको सबैभन्दा ठूलो विद्युतीय सवारी (ईभी) विक्रेता बन्न सक्ने अनुमान गर्न थालिएको छ ।
वार्षिक बिक्रीका हिसाबले टेस्लालाई उछिन्ने लागेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् । बीवाईडीले आफ्नो ब्याट्री-चालित कारको बिक्री गत वर्ष करिब २८ प्रतिशतले बढेर २२ लाख ५० हजारभन्दा बढी पुगेको जनाएको छ। बीबीसीका अनुसार टेस्लाले २०२५ को कुल बिक्री विवरण शुक्रबारपछि सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। तर गत साता प्रकाशित विश्लेषकहरूको अनुमानअनुसार टेस्लाले वर्षभरिमा करिब १६ लाख ५० हजार सवारी बिक्री गरेको देखिन्छ।
नयाँ मोडेलहरूप्रति मिश्रित प्रतिक्रिया, मस्कको राजनीतिक गतिविधिबारे बढ्दो असन्तोष र चिनियाँ प्रतिस्पर्धीहरूको कडा दबाबका कारण टेस्लाका लागि यो वर्ष चुनौतीपूर्ण रह्यो। अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पको प्रशासनमा मस्कको भूमिकाप्रति आलोचना बढेपछि २०२५ को पहिलो तीन महिनामा टेस्लाको बिक्री घटेको थियो।
अक्टोबरमा बीवाईडीले बेलायत चीनबाहिरको आफ्नो सबैभन्दा ठूलो बजार बनेको जनाएको थियो। कम्पनीका अनुसार सेप्टेम्बरको अन्त्यसम्मको एक वर्षमा बेलायतमा यसको बिक्री ८८० प्रतिशतले बढ्यो थियो ।