त्रिविको पदाधिकारीको कार्यकक्षमा फेरि तालाबन्दी

पुस १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
त्रिविको पदाधिकारीको कार्यकक्षमा फेरि तालाबन्दी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पदाधिकारीको कार्यकक्षमा फेरि तालाबन्दी गरिएको छ ।

शुल्क समायोजन गर्ने विषयमा आफूहरूसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै नेपाली कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीले तालाबन्दी गरेको हो । माग पूरा गराउन बाध्य भएर विश्वविद्यालयका उपकुलपतिसहित पदाधिकारीको कार्यकक्षमा तालावन्दी गरिएको अध्यक्ष दिनेश ऐरले जानकारी दिनुभयो । 

मानविकी संकायअन्तर्गत अन्तराष्ट्रिय सम्बन्ध तथा कुटनीति, सामाजिक कार्य र द्वन्द्व शान्ति तथा विकास अध्ययन विभागको शुल्क समायोजन गरेर १ लाख १० हजार रूपैयाँ कायम गर्नुपर्नेलगायतका मागहरू पूरा नभएको अध्यक्ष ऐरको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.