नवनियुक्त परराष्ट्रमन्त्रीलाई शक्ति राष्ट्रसँग सन्तुलन र अन्तर्राष्ट्रिय विश्वास कायम राख्ने चुनौती

पुस १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
नवनियुक्त परराष्ट्रमन्त्रीलाई शक्ति राष्ट्रसँग सन्तुलन र अन्तर्राष्ट्रिय विश्वास कायम राख्ने चुनौती

काठमाडौं । निर्वाचन आउन दुई महिनामात्र बाँकी रहँदा नियुक्त हुनुभएका परराष्ट्रमन्त्रीले शक्ति राष्ट्रसँग सन्तुलित सम्बन्ध राख्दै निर्वाचन प्रक्रियाप्रति अन्तर्राष्ट्रिय समुदायको विश्वास कायम राख्न भूमिका निर्वाह गर्नुपर्ने सुझाव कूटनीतिक मामिलाका जानकारहरुले दिएका छन् ।

शुक्रबार नियुक्त हुनुभएका परराष्ट्रमन्त्री बालानन्द शर्माले दीर्घकालीन सुधारभन्दा तत्कालीन विश्वास निर्माण र संकट व्यवस्थापनमा ध्यान केन्द्रित गर्नुपर्ने अवस्था रहेको पूर्वराजदूत रमेश कोइरालाको भनाइ छ । निर्वाचन नजिकिँदै गर्दा कुनै पनि कूटनीतिक असन्तुलनले क्षेत्रीय दबाब पनि बढ्न सक्ने भएकाले अहिले शान्त रहेर काम गर्नुपर्ने पूर्वराजदूत कोइरालाले बताउनुभयो ।

सरकारले शक्ति राष्ट्रहरू अमेरिका, बेलायत तथा चीनलगायतका मुलुकबाट राजदूत फिर्ता बोलाएपछि नियुक्तिको प्रक्रिया अगाडि बढेको छैन । यस्तो बेला छिमेकी मुलुक तथा शक्ति राष्ट्रसँगको सम्बन्धलाई समेत सन्तुलनमा राख्ने चुनौती परराष्ट्रमन्त्री शर्मालाई रहेको कूटनीतिज्ञहरूको धारणा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.