
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दलहरू निर्वाचनमा जान तयार रहेको बताउनुभएको छ ।
शनिबार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गर्नुभएको शीर्ष नेताहरूसँगको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सबै राजनीतिक दलहरू निर्वाचनमा जान तयार भए पनि निर्वाचनको वातावरण बन्न नसकेको बताउनु भयो । सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने र सुरक्षाको व्यवस्था हुनुपर्ने बताउनु भयो ।
सभापति देउवाले भन्नुभयो, ‘सबै पार्टीहरू चुनावमा जान तयार छन् । कांग्रेसलगायत सबै पार्टी तयार छन् । तर वातावरण बनिसकेको छैन, वातावरण बनाउनुपर्छ । सुरक्षाको व्यवस्था हुनुपर्यो । एमाले पनि तयार छ ।’ एमाले पनि निर्वाचनमा जान तयार हो भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा सभापति देउवाले एमाले पनि तयार रहेको प्रतिक्रिया दिनुभयो ।