पुस १३ गते लुम्बिनी साक्षर प्रदेश घोषणा हुँदै

पुस ८, २०८२ |अमर क्षितिज भण्डारी
पुस १३ गते लुम्बिनी साक्षर प्रदेश घोषणा हुँदै

लुम्बिनी । लुम्बिनी प्रदेशलाई यही पुस १३ गते साक्षर प्रदेश घोषणा गरिने भएको छ ।

सरकारले युनेस्कोको मापदण्डअनुसार १५ देखि ६० वर्ष उमेर समूहको ९५ प्रतिशत जनसंख्या साक्षर भएमा उक्त क्षेत्रलाई साक्षर घोषणा गर्ने व्यवस्था गरेको छ ।

पुस १३ गते प्रदेशको प्रशासनिक परिसरभित्र मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरी औपचारीक साक्षर प्रदेश घोषणा गरिने सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले जानकारी दिनुभएको छ ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।