ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणी : मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानुनअनुसार हुन्छ

पुस ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणी : मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानुनअनुसार हुन्छ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीति दलहरूको गीत गाएर मात्रै देशको उन्नति नहुने बताउनुभएको छ ।

सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशको विकास र उन्नति प्रमुख कुरा रहेको बताउनु भयो । रातारात सबै कुरा नहुने भन्दै क्रमशः सरकारले काम गरिरहेको उहाँकाे भनाइ छ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै अनुसन्धानका लागि पक्राउ गर्ने पनि कानुन भएकाे बताउनुहुँदै मान्छेलाई समाएर टुँडिखेलमा गोली हान्नेकुरा नभएको बताउनु भयो । 

आफूहरू कानुनका ज्ञाता भएकाले कानुनअनुसार अघि बढ्ने उहाँकाे दाबी छ । आफू सरकारमा आइसकेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ४० वटा मुद्दा दर्ता गरेको र अपराध अनुसन्धान कार्यालयले यसअघि कहिल्यै नगरेको काम गरिरहेको उहाँले दाबी गर्नुभयो ।

प्रधानमन्त्री कार्कीले देशको लागि सबै मिलेर काम गर्नुपर्ने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.