‘विपद् पूर्वानुमानमा आधारित प्रतिकार्य कार्यान्वयनमा अझै चुनौती’

पुस ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘विपद् पूर्वानुमानमा आधारित प्रतिकार्य कार्यान्वयनमा अझै चुनौती’

काठमाडौं । जल तथा मौसमजन्य विपद् न्यूनीकरणका लागि पूर्वानुमानमा आधारित प्रतिकार्य कार्यान्वयनमा अझै चुनौती रहेको सरोकारवालाहरूले औँल्याएका छन् ।

विपद् पूर्वानुमानमा आधारित प्रतिकार्यसम्बन्धी राष्ट्रिय कार्यढाँचा मस्यौदामाथि भएको छलफलमा सहभागीहरूले संघ, प्रदेश र स्थानीय तहबीचको भुमिकाको अस्पष्टता, स्रोतको अभावलगायतका कारण पूर्वकार्य कार्यान्वयनमा चुनौती रहेको बताएका हुन् । सरोकारवालाहरूले कार्यढाँचालाई व्यवहारिक र प्रभावकारी बनाउन संस्थागत समन्वय, स्रोत सुनिश्चितता र स्थानीय तहको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।

विपद् पूर्वानुमानमा आधारित प्रतिकार्यसम्बन्धी राष्ट्रिय कार्यढाँचाले पूर्वानुमानमा आधारित प्रतिकार्यलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न नीतिगत, संस्थागत र कार्यसञ्चालनका पक्ष स्पष्ट गर्नुका साथै संघ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय र मानवीय संस्थाबीच साझा अवधारणा विकास गर्ने लक्ष्य लिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.