
काठमाडौं । रूसको मस्कोमा भएको कार बम विस्फोटमा एक सैनिक जनरल मारिएका छन् ।
कारमुनि राखिएको विस्फोटक पदार्थ विस्फोट हुँदा सशस्त्र बलको परिचालन प्रशिक्षण विभागका प्रमुख लेफ्टिनेन्ट जनरल फानिल सर्भारोभ मारिनु भएको हो । आक्रमणमा युक्रेनी गुप्तचर विभागको संलग्नता रहेको आशंका गरिएको छ । तर, युक्रेनले भने कुनै प्रतिक्रिया दिएको छैन् ।
विस्फोटमा गम्भीर घाइते भएका सार्भारोभको अस्पतालमा मृत्यु भएको हो । जनलर सार्भारोभ सन् १९९० को दशक र सन् २००० को सुरूमा ओसेटियन-इन्गुस द्वन्द्व र चेचेन युद्धमा सहभागी हुनु भएको थियो । सन् २०२२ को फेब्रुअरीमा युक्रेनविरूद्धको युद्ध सुरू भएयता रूसका थुप्रै उच्च सैनिक अधिकारीहरू निशानामा पर्दै आएका छन् ।