
काठमाडौं । चालू आर्थिक वर्षको मंसिरसम्म सार्वजनिक ऋण २७ खर्ब ८८ अर्ब ५३ करोड रूपैयाँ पुगेको छ ।
गत पाँच महिनामा मात्रै करिब सवा खर्ब रूपैयाँ सार्वजनिक ऋण थपिएको छ । गत असारसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रूपैयाँ रहेकामा मंसिरसम्ममा १ खर्ब १४ अर्ब ४८ करोड रूपैयाँ ऋण थपिएको छ । सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको तुलनामा ४५ दशमलब ६-६ प्रतिशत पुगेको छ ।
आन्तरिक १३ खर्ब १ अर्ब र बाह्य १४ खर्ब ८६ अर्ब ऋण छ । गत पाँच महिनामा १ खर्ब ७५ अर्ब १२ करोड ऋण प्राप्ति हुँदा १ खर्ब ६७ अर्ब १ करोड ऋण भुक्तानी भएको छ ।