
बागलुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बागलुङमा मतदानस्थल थपिएको छ।
यसअघि जिल्लामा १ सय ६ मतदानस्थल रहेकोमा एउटा थपिएसँगै अब कुल १ सय ७ मतदानस्थल कायम हुने भएका छन्। गलकोट वडा नंम्वरमा ११ मा रहेको रत्नलक्ष्मी माध्यमिक विद्यालय 'रिघा मतदानस्थल'बाट दुई हजार आठ सय मतदातामध्ये एक हजार १ सय ९० जनालाई मनेवा आधारभूत विद्यालयमा सारिएसँगै कुल मतदानस्थल १ सय ७ पुगेको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ।