प्रगतिशील लोकतान्त्रिक पार्टीको कन्द्रीय समितिको प्रथम पूर्ण बैठक जारी

पुस १, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रगतिशील लोकतान्त्रिक पार्टीको कन्द्रीय समितिको प्रथम पूर्ण बैठक जारी

काठमाडौं । प्रगतिशिल लोकतान्त्रिक पार्टीको कन्द्रीय समितिको प्रथम पूर्ण बैठक सुरू भएको छ ।

मंगलबारबाट काठमाडौंको एक होटलमा सुरू भएको बैठक बुधबारसम्म जारी रहनेछ । बैठकमा पछिल्ला राजनीतिक समसामयिक विषयवस्तुहरूमा छलफल हुनेछ । बैठकमा बोल्दै नेता राम कार्कीले समाजवादका निम्ति आफूहरू सबैसँग लडेर आएको बताउनु भयो । 

उहाँले समुन्नत समाजवाद आफूहरूको लक्ष्यभित्रै पर्ने जिकिर गर्नुभयो । उहाँले विवाद कम हुने शब्द सामुदायिक समाजवाद रहेको र यसबारे अझै छलफल भइरहेको बताउनु भयो । समाजवाद माक्सले उत्पादन गर्नुभएको शब्द नभएको उहाँकाे भनाइ छ।

उहाँले आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक रूपमा समाजवादले समेट्नुपर्ने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.