दोहोरो नेपाली नागरिकता लिएकाको छानबिन सुरू

पुस १, २०८२ |कान्तिपुर टीभी संवाददाता
दोहोरो नेपाली नागरिकता लिएकाको छानबिन सुरू

बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दियाबाट झुठो विवरण पेस गरी दोहोरो नेपाली नागरिकता लिएकाको छानबिन गर्न थालिएको छ।

आर्थिक वर्ष ०८१/८२ र चालु आर्थिक वर्षको मंसिरसम्म पाँच जनाको नागरिकता खारेज गरिएको छ। दुईवटा चालु आर्थिक वर्षमा र तीनवटा गत आर्थिक वर्षमा खारेज गरिएको हो । 

पहिल्यै नागरिकता प्राप्त गरि पुनः दोहोरो नागरिकता प्राप्त गरेकाको उजुरी परेपछि छानबिन गरी नागरिकता खारेज गरिएको हो । त्यसै गरी दोहोरो नागरिकता लिएको भन्दै आठ जना विरूद्ध उजुरी परेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.