जेन-जी आन्दोलनका घाइतेको फलोअप सरकारी-सामुदायिक अस्पतालमा मात्र हुने

निजीमा सिफारिसपछि मात्र उपचार
पुस १, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन-जी आन्दोलनका घाइतेको फलोअप सरकारी-सामुदायिक अस्पतालमा मात्र हुने

काठमाडौं । जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरूको फलोअप सरकारी वा सामुदायिक स्वास्थ्य संस्थामा मात्र हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार घाइतेहरूलाई औषधि उपचारमा साेधभर्नासम्बन्धी कार्यविधि-२०८२ अनुसार घाइतेहरूको सरकारी वा सामुदायिक अस्पतालहरू उपचार हुने भएको हो । गत चैत १३ को तिनकुने आन्दोलन र जेन-जी आन्दोलनका घाइतेहरूलाई समेत समेटेर स्वास्थ्य मन्त्रालयले गत पुस ५ गते उक्त कार्यविधि स्वीकृत गरेको थियो भने मातहतका निकायमा सोमबार पत्राचार गरेको हो । 

सरकारी वा सामुदायिक संस्थामा उपचार सम्भव नभएमा मात्र सिफारिसका आधारमा निजी स्वास्थ्य संस्थाहरूमा जानुपर्ने मन्त्रालयको भनाइ छ । उपचारका लागि घाइते परिचय पत्र अनिवार्य गरिएको छ । भदौ २३ र २४ गतेको आन्दोलनमा २५ सय ७१ घाइतेको देशका ८० वटा स्वास्थ्य संस्थामा उपचार भएको थियो । 

मन्त्रालयले अस्पतालहरूलाई नि:शुल्क उपचार गर्न र सोधभर्नाका लागि विवरण पठाउन निर्देशन दिएकोमा हालसम्म जम्मा २३ संस्थाले करिब साढे ७ करोड माग गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.