
धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता बुझ्दै आएका असक्त, अपाङ्ग र ज्येष्ठ नागरिकलाई वडाबाटै भत्ता उपलब्ध गराउने तयारी गरेको छ ।
यसबाट बैंकसम्म भत्ता बुझ्न जान नसक्ने अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायतका लाभग्राहीलाई सहज हुने अपेक्षा गरिएको छ। यसअघि सामाजिक सुरक्षाभत्ता बुझ्न लाभग्राहीले गाउँपालिकाले तोकेको बैंकसम्म पुग्नुपर्ने बाध्यता थियो ।
गाउँपालिकाले वडाबाटै भत्ता उपलब्ध गराउन यतिबेला लाभग्राहीको बैंक खाता र व्यक्तिगत विवरण अद्यावधिक गरिरहेको छ।