दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा एक मात्र योग्य उम्मेदवार

पुस १, २०८२ |नारायण किलम्बू
दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा एक मात्र योग्य उम्मेदवार

काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति पदका लागि एकजना मात्र उम्मेदवारको दरखास्त परेको छ ।

दुई पटकसम्म विज्ञापन गर्दासमेत कुनै पनि आवेदन नपरेपछि शिक्षा मन्त्रालय सिफारिस समितिले तेस्रो पटक आवेदन आह्वान गरेको हो, जसमा दुई जनाको आवेदन परेकोमा एक जनाको योग्यता नपुगेको मन्त्रालयले जनाएको छ । 

मापदण्ड पुगेका व्यक्तिको भने नाम खुलाइएको छैन । ती आवेदकको सबै मापदण्ड पुगे नियुक्ति प्रकृया अगाडि बढाइने सिफारिस समितिका संयोजक प्राध्यापक जयराज अवस्थीले जानकारी दिनुभयो । चिकित्सा शिक्षामा विद्यावारिधि डीएम, एमसीएच वा सो सरहको उपाधि प्राप्त गरेको, प्राध्यापक पदमा कम्तीमा दश वर्ष काम गरेको र ६१ वर्ष ननाघेको हुनुपर्ने लगायतका मापदण्डका कारण उपकुलपति पदमा धेरैको निवेदन नपरेको संयोजक अवस्थीले जानकारी दिनुभयो ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।