‘कुनै पनि बहानामा निर्वाचनबाट पछि हट्ने अवस्था छैन’

पुस १, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘कुनै पनि बहानामा निर्वाचनबाट पछि हट्ने अवस्था छैन’

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनबाट कुनै पनि बहानामा पछि हट्ने अवस्था नरहेको बताउनुभएको छ ।

सरकारसँग निर्वाचन आयोगले गरेको छलफलमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले चुनाव सफल बनाउन सबै जुट्नुको विकल्प नभएको बताउनुभयो । आगामी २१ फागुनका लागि तोकिएको निर्वाचनमा सामाजिक सञ्जाललाई कति हदसम्म प्रचारप्रसार गर्न दिने भन्नेबारे सरकारले सोच्न जरूरी रहेको पनि उहाँले बताउनुभयो । एआई प्रविधिको दुरूपयोगबारे पनि सरकारले छलफल गर्नुपर्ने खाँचो कार्यवहाक प्रमुख निर्वाचन आयुक्त भण्डारीले औल्याउनुभयो । 

आयोगले यातायात बन्द नगरिकनै चुनाव गराउने तयारी गरेको छ । १५ पुससम्म अन्तिम मतदाता नामावली प्रकाशन गर्ने बताउँदै उहाँले चुनावको वातावरण बनिसकेको बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.