
बाँके । बाँकेको सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगञ्जका पीडित बचतकर्ताहरूले अदालतको आदेश कार्यान्वयनको माग गर्दै आमरण तथा रिले अनसन सुरू गरेका छन् ।
छ वर्षदेखि न्यायका लागि संघर्ष गर्दै आएका पीडितहरू बचत फिर्ता नभएपछि अनसन बस्न बाध्य भएका हुन् । जिल्ला प्रशासन कार्यालय बाँकेको प्रवेशद्वार अगाडि सहकारीका पीडित पाँच जना अनसनमा बसेका छन्। पीडितहरूका अनुसार सहकारीमा ४३ करोड रुपैयाँभन्दा बढी अपचलन भएपछि २०७६ साल असोज २८ गते ४१ जनाविरुद्ध जिल्ला अदालत बाँकेमा मुद्दा दायर गरिएको थियो।