पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

पुस १, २०८२ |कान्तिपुर टीभी संवाददाता
पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रिय सभा बैठक बोलाउने तयारी गरिएको बताउनुभएको छ ।

मंगलबार संघीय संसद् राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । संघीय संसद् प्रतिनिधि सभाअन्तर्गतको कृषि समितिको हलको निर्माण कार्य सकिने बित्तिकै सो बैठक बोलाउने गरी आफूले केही दिनभित्र प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्ने तयारी गरेको समेत उहाँले बताउनु भयो । 

अध्यक्ष दाहालले राष्ट्रिय सभा बैठक बोलाउने कुरामा सरकार असहमत नभएको पनि बताउनु भयो । उहाँले बैठक सञ्चालनका लागि बिजनेसको भने अभाव हुने देखिएको बताउनु भयो । करिब १० दिनसम्मका लागि बिजनेस भए पनि अरू बिजनेस नभएको अध्यक्ष दाहालको भनाइ थियो ।

अध्यक्ष दाहालले राष्ट्रिय सभालाई चलाउनका लागि बिजनेसको अभाव हुने अवस्था रहेको बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.