चितवन । कतार सरकारलाई उपहारस्वरूप पठाउन लागिएको दुई वटा हात्तीलाई सोमबार चितवन राष्ट्रिय निकुञ्जले बिदाइ गरेको छ ।
निकुञ्जको सौराहा सेक्टरबाट चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटासहित संरक्षणकर्मीहरूले खगेन्द्रप्रसाद र रुद्रकलीलाई बिदाइ गरे । यी दुई हात्तीलाई सोमबार भैरहवा पुगेका छन्। उनीहरूलाई पुस दुई गते चार्टर विमानमार्फत कतार पठाइने छ ।