विशेष महाधिवेशन : ६२ प्रतिशत प्रतिनिधि सहभागी, महाधिवेशनले चाहे नेतृत्व बदलिने महामन्त्रीद्वयको उद्घोष

पुस २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
विशेष महाधिवेशन : ६२ प्रतिशत प्रतिनिधि सहभागी, महाधिवेशनले चाहे नेतृत्व बदलिने महामन्त्रीद्वयको उद्घोष

काठमाडौं । संस्थापन पक्षको असहमतिका बिच नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरू भएको छ । 

महाधिवेशनमा ६२ प्रतिशत प्रतिनिधि सहभागी भएको आयोजकको दाबी छ । भृकुटीमण्डमा भव्य समारोहका बीच विशेष महाधिवेशन उद्घाटन गर्दै कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बन्दसत्रले चाहे पार्टीको नीति र नेतृत्व परिवर्तन हुने बताउनुभयो ।

पार्टीको १५ महाधिवेशनको विवाद चुलिएपछि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको आग्रहमा विशेष महाधिवेशन सुर" भएको हो । विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले महाधिवेशनको हलले नेतादेखि नीति र विधानसम्म परिवर्तन गर्ने बताउनुभयो । जेन-जी आन्दोलनपछिको राजनीतिक घटनालाई लिएर पार्टीभित्र आवाज उठाएको भन्दै युद्ध जित्नका लागि हार्न समेत तयार रहेको थापाको भनाइ छ ।

थापाले पार्टीभित्रको विवादलाई संकेत गर्दै आफ्ना भनाइ राखे पनि अर्का महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी नफुट्ने भन्दै एकतामा जोड दिनुभएको छ । शर्माले पदका लागि भन्दा पनि पार्टी बदल्ने र मुलुकलाई बदल्नका लागि विशेष महाधिवेशनको आह्वान गरेको बताउनुभयो ।

महामन्त्री थापाले कांग्रेसभित्र देखिएको अलमललाई चिर्न समिक्षा गरेरअघि बढ्नका लागि महाधिवेशनको आहवान गरेको भन्दै सभापतिदेखि महामन्त्री र सदस्यहरुलाई छलफल गर्ने अधिकार भएको बताए । थापाले नेताहरूको स‌ंघर्षबाट पार्टी बनेको भन्दै पार्टीभित्र कोहि मालिक र दास नभएको समेत दाबी गर्नुभयो । 

महाधिवेशनले लामो समयसम्म जाम रहेर बसेको गलत प्रवृत्तिलाई सच्चाउने समेत महामन्त्रीको दावी छ । व्यक्ति बन्ने भन्दा पनि पार्टी बनाउनेसँग महाधिवेशन जोडिएको भन्दै महाधिवेशनको बन्द सत्रको हलले पारित गर्ने निर्णय आफूले स्वीकार गर्ने थापाको भनाइ छ ।

महाधिवेशनमा अनुपस्थित सभापति शेरबहादुर देउवालाई बन्दसत्रमा आउन आग्रह समेत थापाले गर्नुभएको छ । थापाले आफू कांग्रेस नेता गणेशमानसिंह र बीपी कोइराला रगत नभए पनि विचार भएको भन्दै थापाले पार्टी ठिक ठाँउमा उभ्याउन र देशमा देखिएको संकट समाधानका लागि महाधिवेशन आह्वान गरिएको बताउनुभयो । महामन्त्री थापाले युद्ध जित्नका लागि हार्न तयार रहेको थापाको भनाइ छ ।

महाधवेशन भन्दा कोहि ठूलो नभएकाले नेतादेखि नीति र विधान परिवर्तन गर्न सक्ने थापाको भनाइ छ । थापाले सुवर्ण शमशेरले विशेष महाधिवेशन आह्वान गरेर सभापति सुम्पिएको समेत सम्बाेधनमा स्मरण गराएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.