
बागलुङ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बागलुङमा पाँच हजार २ सय ५३ जना मतदाता थपिएका छन् ।
यससँगै बाग्लुङमा एक लाख ९३ हजार ३ सय ८१ मतदाता कायम भएका छन् । जिल्लामा दुईवटा निर्वाचन क्षेत्र छन् ।
क्षेत्र नम्बर १ मा ४८ मतदानस्थलमा १ सय १५ मतदान केन्द्र छन् भने क्षेत्र नम्बर दुईमा २ मा ५९ मतदानस्थलमा १ सय १५ वटा मतदान केन्द्र छन् ।