
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लामो समयदेखि पार्टी सदस्यलाई हेप्दै पार्टी सञ्चालन गर्ने तरिका अब भत्किएको बताउनुभएको छ ।
काठमाडौंमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले विशेष महाधिवेशन कोही बन्ने नबन्ने विषय नभइ संघर्षको विषय भएको बताउनु भयो । विषेश महाधिवेशन आफूहरुको नभइ प्रतिनिधिहरुको मागअनुसार आह्वान भएको भन्दै बन्दसत्रले जे निष्कर्ष निकाले पनि स्वीकार्य हुने बताउनुभयो ।
उहाँले कांग्रेस लासहरूको पार्टी नभइ जिउँदा मानिसहरूको पार्टी भएको स्थापित भएको टिप्पणी गर्नुभयो । उहाँले कांग्रेसमा प्रश्न नमरेको जिकिर गर्दै यहाँ नबोल भन्ने कोही नभएको बताउनु भयो ।