
बारा । सशस्त्र प्रहरी बल, बाराले पचरौता नगरपालिकामा रहेको दलित प्राथमिक विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ ।
विपन्न तथा सीमान्तकृत मुसहर समुदायलाई लक्षित गर्दै पचरौता नगरपालिका-१ हरपुरमा रहेको विद्यालयका १ सय २४ जना बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो ।