
सप्तरी । सप्तरीमा आन्तरीक राजश्व कार्यालय स्थापनाको माग गर्दै सुरू भएको आन्दोलनअन्तर्गत सातदिने रिले अनसन तेस्रो दिन आइतबार पनि जारी रह्यो।
पछिल्लो पटक राजविराजमा रहेको करदाता सेवा कार्यालय खारेज गर्ने संघीय सरकारको निर्णयविरूद्ध सप्तरीका जेन-जी पुस्ता, उद्योग वाणिज्य संघ, करदाता तथा राजनीतिकर्मीसमेतको सहभागितामा विरोध हुँदै आएको छ ।
आफुहरूको माग अझ सरकारले सम्बोधन नगरे थप सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी संघर्ष समितिले दिएको छ।