
खोटाङ । महिलालाई आत्मनिर्भर बनाउन खोटाङमा मुढा बुन्ने तालिम प्रदान गरिएको छ । दिक्तेलस्थित कालिका वडास्तरीय महिला समूहको आयोजनामा १० दिनसम्म मुढा बुन्ने तालिम प्रदान गरिएको हो ।
टेवा ललितपुरको आर्थिक सहयोगमा सञ्चालन गरिएको तालिममा ११ जना महिलाको सहभागिता थियो । तालिममा महिलालाई स्व–रोजगारमूलक बनाउँदै आगामी दिनमा आयस्रोतमा लाग्ने गरि सीप प्रदान गरिएको कालिका वडास्तरीय महिला समूहकी अध्यक्ष लोकमाया थापाले जानकारी दिनुभयो ।