बाजुरास्थित बडीमालिका नगरपालिकाकाे वडा नम्बर-८ छाउपडी गोठ मुक्त घोषणा

मंसिर २४, २०८२ |प्रेम रौले
बाजुरास्थित बडीमालिका नगरपालिकाकाे वडा नम्बर-८ छाउपडी गोठ मुक्त घोषणा
बाजुरा । बाजुराको बडीमालिका नगरपालिकाकाे वडा नम्बर-८ छाउपडी गोठ मुक्त घोषणा गरिएको छ।

बुधबार १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान समापन तथा छाउपडी गोठमुक्त वडा घोषणा कार्यक्रमका बीच उक्त नगरपालिकाकाे वडा नम्बर-८ लाई छाउपडी गाेठ मुक्त घोषणाा गरिएको हो । वडामा रहेका ४ सय ५६ घरमा विभिन्न अनुगमन गरी अनुगमन टोलीको प्रतिवेदनअनुसार उक्त वडालाई छाउपडी गोठ मुक्त वडा घोषणा गरिएको बडीमालिका नगरपालिकाकी उप-प्रमुख नन्दा थापाले बताउनु भएको छ । 

उहाँले छाउपडी गोठ मुक्त घोषणाका लागि ९० प्रतिशत घर गाेठ मुक्त हुनुपर्ने कार्यविधिमा व्यवस्था रहेको बताउनु भयो । गोठ मुक्त घोषणाका लागि अनुगमन गर्दा १२ वटा गोठ भेटिएको र पटक-पटक अनुगमनका क्रममा उनीहरूलाई जनचेतना, सुझावसहित वडालाई गोठ मुक्त घोषणा गर्न सफल भएको उप-प्रमुख थापाले बताउनु भयाे ।

बुधबार एक औपचारिक कार्यक्रमका बीच ९ बुँदे प्रतिबद्वतासहित वडालाई छाउगोठ मुक्त घोषणा गरिएको बडीमालिका नगरपालिका महिला बालबालिका शाखा प्रमुख केशरी रोकायाले जानकारी दिनु भयाे । छाउपडी गोठ मुक्त वडा घोषणापछि वडा छाउपडी प्रथाको न्यूनीकरणमा टेवा पुगेका उहाँले बताउनु भयो ।


Image

प्रेम रौले

रौले कान्तिपुर टेलिभिजनका बाजुरा संवाददाता हुन् ।