भुटानी शरणार्थीद्वारा स्वदेश फिर्तीको माग, गुहारे अन्तर्राष्ट्रिय समुदाय

मंसिर २४, २०८२ |रमा दाहाल
भुटानी शरणार्थीद्वारा स्वदेश फिर्तीको माग, गुहारे अन्तर्राष्ट्रिय समुदाय

झापा । झापाको बेलडाँगीस्थित शिविरमा बस्दै आएका भुटानी शरणार्थीहरूले स्वदेश फिर्तीको मागलाई साथ दिन अन्तर्राष्ट्रिय समुदाय गुहारेका छन् ।

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउन शिविरमा भेला भएका शरणार्थीहरूले तेस्रो देश पुनर्वास बहिस्कार गर्दै अधिकांश शरणार्थीहरूको पहिलो रोजाइ भुटान फिर्ती नै रहेको बताएका छन् । ३३ वर्षदेखि झापा र मोरङका शिविरमा कष्टपूर्ण जिवन बिताउँदै आएका शरणार्थीहरूले आफूहरू लामो समयदेखि अनागरिक बन्नुपरेको दुःखेसो पोखेका छन् ।

कार्यक्रममा उपस्थित अधिकारवादी नेता केपी सुवेदीले भुटानी शरणार्थीको समस्या समाधान गर्न नेपाल, भुटान र भारत सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । झापाको बेलडाँगी र पथरी शिविरमा गरी हाल करिब सात हजार शरणार्थी छन् । तीमध्ये आधाजसो स्वदेश फिर्तीको अडानमा छन् । बाँकी शरणार्थी परिवार पुनर्मिलन कार्यक्रममार्फत तेस्रो देश जान चाहन्छन् ।


Image

रमा दाहाल

दाहाल कान्तिपुर टेलिभिजनकी झापा संवाददाता हुन् ।