
काठमाडौँ । सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नारायणदत्त पौडेललाई नियुक्त गरेको छ । अतिरिक्त महानिरीक्षक पौडेललाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।
हालका महानिरीक्षक राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी यही वैशाख १८ गते अवकाशमा जाँदै हुनुहुन्छ ।
पोखरेलका अनुसार बैठकले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नेगरी सूचीकृत गर्ने निर्णय पनि गरेको छ । उहाँले व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्न दिने निर्णय गरेको जानकारी दिनुभयो ।
बैठकले भन्सार नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो ।