त्रिवि क्रिकेट मैदान र क्यानबीच पुनः सम्झौता हुने सरकारको दाबी

वैशाख १४, २०८३ |न्युज एजेन्सी नेपाल
त्रिवि क्रिकेट मैदान र क्यानबीच पुनः सम्झौता हुने सरकारको दाबी

काठमाडौँ । सरकारले त्रिवि क्रिकेट मैदान र नेपाल क्रिकेट संघ क्यानबीच पुन: लिज सम्झौता हुने जनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि खेलकुदमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले आज मात्रै त्रिविका उपकूलपतिसहितका उच्च पदाधिकारीसँग छलफल भएको र लिज सम्झौता छिटै हुने बताउनुभएको हो । 

उहाँले राज्यको धेरै लगानी भएकाले नयाँ सम्झौता गराएर अघि बढ्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “राज्यको यत्रो लगानी भएको छ, दुवै राज्यकै निकाय हुन् । भत्किने भन्ने हुँदैन ।”

सरकारले थालेको अतिक्रमित जग्गा फिर्ता ल्याउने अभियानअन्तर्गत त्रिविले गत ४ वैशाखमै सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निकायलाई जग्गा खाली गर्न निर्देशन दिएको उहाँको भनाइ छ । 

त्रिवि र क्रिकेट संघबीचको करार सम्झौता यही वैशाख मसान्तमा सकिँदै छ ।


Image

न्युज एजेन्सी नेपाल

कान्तिपुर टेलिभिजन न्युज एजेन्सी नेपालको आधिकारिक ग्राहक हो ।