देश बनाउने अभियानका लागि पार्टी निर्माण गरिएको हर्क साम्पाङकाे भनाइ

मंसिर २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
देश बनाउने अभियानका लागि पार्टी निर्माण गरिएको हर्क साम्पाङकाे भनाइ

चितवन । श्रम संस्कृति पार्टी नेपालले चितवनको नारायणी नदी किनारमा संगठन विस्तार तथा आम सभा गरेको छ ।

न्यून मानिसहरूको उपस्थितिमा गरिएको आम सभामा पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले अन्य पार्टीसँग प्रतिस्पर्धा गर्न नभइ देश बनाउने अभियानका लागि पार्टी निर्माण गरिएको बताउनुभएको छ । वैदेशिक ऋणबाट देश चलेको भन्दै उहाँले अब जनताको श्रमबाट देश विकास गर्नुपर्नेमा जोड दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.