
काठमाडौं । नेवारी लोकलयमा गाउँदै र नाच्दै युवाहरू य:मरी माग्दै घरघर पुगेका छन् ।
देउसी भैलो खेलेजस्तै उनीहरू नेवार समुदायको घरघरमा पुग्छन् र य:मरी माग्छन् । अभौतिक साँस्कृतिक सम्पदाको रूपमा सूचीकृत य:मरीसम्बन्धी रोमाञ्चक संस्कृति र परम्परालाई जोगाउन ज्यापू समाज ललितपुरले अभियान नै चलाएको छ । मौलिक संस्कृति र सम्पदालाई बचाइ राख्न स्वयं समुदायनै अग्रसर हुनु र नयाँ पुस्तालाई पुस्तान्तरण गर्न पनि आवश्यक देखिएपछि ज्यापू समाज सक्रिय भएको हो ।
यहि गीत गाएर युवा-युवतीहरू य:मरी माग्न घरघर पुगेका छन् । त्यसो त यो परम्परा लगभग हराइसकेको छ । तर ललितपुर ज्यापू समाजले य:मरी माग्ने परम्परालाई जोगाउन अभियान नै चलाएको छ । मौलिक संस्कृति र सभ्यता हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै ललितपुर ज्यापू समाजले सामूहिक रूपमा देउसी भैलो खेले जस्तैगरी चार दिनसम्म य:मरीसम्बन्धी लोकभाकामा गीत गाउँदै घरघर पुग्ने अभियान नै चलाएको हो । यसले य:मरी माग्ने प्रचलनलाई पुनर्जीवित गरेको छ ।
ललितपुर मात्र नभइ काठमाडौं र भक्तपुरमा पनि हराउँदै गएको य:मरीको संस्कृतिमा जागरण आएको छ । परम्परागत बाजागाजाका साथ सामूहिक रूपमा य:मरी माग्न जाने परम्परालाई अनुसरण गरेका छन् । नाचगान गर्दै य:मरी माग्न आएकालाई घरकी मुल महिलाले य:मरीसँगै दक्षिणा दिने चलन छ ।
सरकारले य:मरीलाई अभौतिक साँस्कृतिक सम्पदाको रूपमा घोषणा गरेको छ । त्यसका लागि ललितपुरको महनगरपालिकाले निकै पहल गरेको थियो । य:मरीको अर्थ मनपर्ने रोटी हो । नेवार समुदायमा जन्माेत्सव होस् वा जंकों अर्थात् भीम र थारोहणदेखि प्राय: धार्मिक साँस्कृतिक कार्यक्रमहरूमा य:मरीको अनिवार्य प्रयोग हुन्छ ।
छुट्टै पहिचान बोकेको य:मरीलाई सरकारले युनेस्को विश्वसम्पदा सूचीमा सूचीकृतका लागि समेत पहल गरिरहेको छ ।